शहिद र घाइते परिवारले के पायो ?

दिमाग भुट्ने मनसायले बिबिसि डकुमेन्ट्री आएपछि छानबिन आयोगको रिपोर्ट खोइ भनेर थुप्रै प्रश्नहरु सोधिए।

थाहा छ ? छानबिन आयोगको रिपोर्ट बारे यो प्रश्न र आशंका ब्यापक हुनु निकै अघि गत महिना नै मैले त्यसबारे लेखेरै तपाइहरुसामु आशंका संकेत गरेको थिएँ (तस्वीर हेर्नुस्)

“रिपोर्ट लगभग तयार भयो, तर रिपोर्टमा वाकिटाकी संवादहरु सामेल गर्छ कि गर्दैन कुन्नि ? सबै संवादहरु (वाकिटाकि, फोन ट्यापिङ, डिस्कर्ड सर्भर, टेलिग्राम, टिकटक आदि) सार्वजनिक गरिए विदेशी दुतावासमा सलामी चढाउँदै देश बनाउने पुराण सुनाउनेहरु धेरैजना भूमिगत हुनेहोला”

*Z आन्दोलन घोषणा शुरु देखि नै अस्पष्ट अपारदर्शी थियो। मैले यसलाई त्यत्तिखेर नै रातो झण्डा देखाएँ। त्यो बेला समाजका गन्यमान्य अधिकांशले हरियो झण्डा देखाएका थिए। *Z हरुलाइ उकासेका थिए। प्रोत्साहन र समर्थनमा आ-आफ्नो सामाजिक सञ्जाल रंगाएका थिए।

आन्दोलनमा हरियो झण्डा देखाउनेहरु कतिपय मानिसले सक्रिय/निष्क्रिय सहभागिता पनि जनाए। जसै त्यहाँ पररर गोली चल्यो, दर्जनौ निधन र घाइतेको खबर चल्यो, सबैको होसहवास उड्यो।

घटनाक्रम के कसो भएको थियो भन्ने यकिन र पारदर्शी जानकारी आएको थिएन। पुलिसले गोली हानेर थुप्रै मान्छे मार्यो भन्ने खबर सुनेर सबैजना आक्रोशित बनी ओली सरकार ढलोस् भन्ने कामना गर्न थाले।

भोलिपल्ट आक्रोशितहरु स्वःस्फूर्त सडकमा ओर्लिए। तोडफोड र आगजनी अकल्पनीय रुपमा फैलियो। छानीछानी आक्रमण हुन थालेपछि सरकार ढल्यो। सरकार ढलेकोमा सबैजना क्षणिक रमाए, ती पार्टीकै कार्यकर्ताहरु पनि रमाएको देखिन्थ्यो।

तर तोडफोड र आगजनी देखेपश्चात “के भएको?” भन्ने प्रश्नले धमाधम मथिङ्गल रिङ्गाउन थाल्यो। भवनहरू जल्दै गर्दा तोडफोडहरू हुँदै गर्दा “अब के गर्ने?” भनी सहि निर्णय लिन सबैलाइ हम्मे हम्मे पर्यो।

“लौ मानिसहरु पागल भयो यार!” “हैट!! तोडफोड नगर न हाउ” भन्दै चिच्याइरहँदा टाउकोमै ढुँगा बज्रिएको आन्दोलनमा साथ दिन गएका कमेडियन साजन श्रेष्ठको भाइरल भिडियोले त्यो बेलाको अनियन्त्रित उत्तेजना छर्लङ्ग देखाउँछ।

त्यो उत्तेजना र आवेग स्वतःस्फुर्त थिएन । बल्कि योजनाबद्ध सत्तापलटका तालिमप्राप्त कारिन्दाहरुको करामत रहेछ। जनताको नजिक नआउने, फिल्डमा नेतृत्व नदिने, गोप्य कोठाबाट सञ्जालमा संदेश दिएर उकास्ने, मिलिशिया जस्ता तालिमप्राप्त जत्थाहरु परिचालन गर्ने एक समुह नै थियो रहेछ। तिनीहरुले नै नेतृत्वविहिन अराजक भीडमार्फत काम फत्ते गराउन अराजक भीड जम्मा गर्ने महाप्रपञ्च रचेका रहेछन्।

त्यसबारे अकल्पनीय रहस्यहरु एक एक सार्वजनिक हुन थालेपछि धेरैको दिमाग रन्थनियो। *Z आन्दोलन हुनु अघि हरियो झण्डा देखाइ स्वागत गर्नेहरु झस्किए। कतिपयले आफ्ना पुराना पोस्टहरु समेत हटाए। मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्य लाभको कामनाहरु पोस्ट गरेर आन्दोलन उकासेको पोस्टहरु नदेखिने बनाए।

त्यसपछिका यो ६ महिनामा नेपालीहरुले धेरै नयाँ नयाँ कुराहरु देख्ने, हेर्ने, सुन्ने, जान्ने मौका पाए।
भूराजनीति के हो ?
विदेशी चलखेल कसरी हुन्छ?
लुसिफर पात्र कस्ता हुन्छन्?
डीप स्टेट कति शक्तिशाली छ?
एनजिओ आइएनजिओ का फण्डिङ कहाँ कहाँबाट किन आउँछ?
क्रिस्तान प्रचारको बर्को भित्र कुन दाह्रा नंग्रा छ?
टिओबि के हो?
सैन्य कार्गो प्लेनहरु बारम्बार केका लागि आउँछन्?
आदि इत्यादि थुप्रै कुराहरु अब सार्वजनिक भएको छ।

जब वरीपरी सबै चोरै चोर हुन्छन्, तब चोर ठहरिनु लाज होइन गर्वको विषय हुन्छ। “लङ्गडोको देशमा खुट्टा खोच्याउनु” भन्ने उखान समाजको त्यो प्रवृत्तिको दर्पण हो।
अचेल नेपाल त्यस्तै बन्दै गएको देखिन्छ।

नेपालमा हाक्काहाक्की विदेशी दलाल र लुसिफर चेलो हुनमा लाज होइन, छाति ठोकेर गर्व गर्दै हिड्ने माहौल बनेको छ। म लुसिफर भन्दै चोर अम्लो र कान्छि अम्लो ठड्याएर शैतानी सिंङ देखाउनु त सामान्य नै भैसक्यो।

पहिले पहिले कम्निस्टहरुले नमस्कार नगरी कुटुँला झै मुठ्ठी उचालेर लालसलाम गर्दथे। अचेल त्यसरी उचालेको मुठ्ठीलाइ दायाँबायाँ हल्लाइ शैतानसलाम गर्ने नयाँ चलन आएको छ। शैतानदुतहरुलाइ शैतानसलाम चढाउँदै शैतानभजनका धुनमा नाचेर चुनाव प्रचार गरि रमाउने चलन आएको छ।

यो कुरुप चुनावको माहौलमा मुखछाडा अन्तरक्रिया चर्को छ। त्यसले चेतनाको स्तर देखाइरहेछ। सामाजिक सञ्जाल अहिले आमाचकारी गालीगलौज गर्ने ठाउँ बनेको छ। नेताहरु भाषणमा “लुट्न पाए लुट कान्छा” शैलीमा “अरुले दिएको खाऊ, आफ्नो मनोमानी गर” भन्दै बेइमानीको वकालत गर्छन् र नयाँ पुस्ता त्यसमा थपडी बजाइ रमाउछन्।

तर *Z आन्दोलनमा गोली खाएका शहिद र घाइतेहरूको परिस्थिति के छ? सोच्ने फुर्सद कसैसित छैन।

जसले ती शहिद र घाइतेको पीडा भजाउँदै भोट माग्ने उद्यम चलाएको छ,
— तिनले ती घाइतेहरुलाइ भेट्न अस्पताल सम्म गएका थिएनन्। बिर्सियो त्यो बेवास्ता।

बरु त्यतिबेला स्वयंसेवा गर्न गएका केहिथान भाइरल सहयोगीहरुलाई टिपेर उम्मेदवार बनाइ आफ्नो नामर्दपन ढाकछोप गरेको छ।

— तिनले ती शहिदहरुको शवयात्रा र दुःखमा सहभागि बनेन, समवेदना संदेश समेत दिएनन्।बिर्सियो त्यो कृतघ्नता।

बरु अहिले ती शहिद परिवार आफ्नो क्षतिको पीडा मनमा लिइ मौन दुःखमनाउ गरीरहेको छ।

आक्रोश थियो – तात्कालीन सरकारले ज्यादती गर्यो। तर जब सबै सुचना र भिडियोहरु धमाधम आउन थाले, शहिद परिवार, घाइते परिवारले स्पष्ट महशुष गर्न थाले – हाम्रो छोराछोरीलाइ उक्साएर रणभूमिमा पठाइयो। गलत आश्वासनमा उचालियो। तिनको अबोधताको फाइदा उठायो।

थाहा छैन, छानबिन समितिले यस्तो विषयहरु छानबिनको दायरामा ल्याउँछ वा ल्याउँदैन। महिना दिन अघि नै तयार रिपोर्ट समेत सार्वजनिक नगरी राजनीति गरीरहेछ छानबिन आयोग।

आखिर शहिद र घाइते परिवारले के पायो?

कुरा बुझौं, उल्लुबनाती चंगुल समय मै चिनौं।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation