९ चैत, काठमाडौं
वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्ष (आव) मा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनल् यस्तो दाबी गरेका हुन् ।
सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पारे ।
हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरूरु कुहिने भएकाले पनि प्राकृतिक रूपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उनको तर्क छ ।
सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताए ।
सचिव शर्माले वन डढेलोका सम्बन्धिमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताए ।

















