साढे ३ किलो गाँजासहित एक थाई नागरिक पक्राउ

९ चैत, काठमाडौं

साढे तीन किलो गाँजासहित एक थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३९ वर्षीय योङग्युत थुइन छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । सोमबार राति सवा १२ बजेतिर थाई एअरलाइन्सको उडानमार्फत उनी बैंककबाट काठमाडौं आएका थिए ।

उनले ल्याएको सुटकेशभित्रबाट तीन किलो ४३५ ग्राम गाँजा बरामद भएको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए । पक्राउ परेका उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation