तिम्राे साम्राज्य जरुर ढल्नेछ : पदमप्रसाद पाेख्रेल

अमेरिका !
तिमी कुनै देश हुँदै हाेइनाै
नक्सामा देखिने तिम्राे भूगोल हाेइन
दुनियाँलाई रुवाउने तिमी
सत्ता, रगत र झुटको साम्राज्य हौ

दुनियाँभर तिमीले इतिहास लेखेनौ
बरु सभ्यताकाे इतिहास भष्म पार्यौ

हिरोसीमा र नागासाकी
तिम्राे प्रगतिको प्रतीक होइन
लाखौँको प्राण पाेलेर
खण्डहर बनाएर सारा शहर
वीज मार्ने मानव चक्रकाे
तिम्राे अपराधको प्रमाण हाे

भियतनामको जंगलमा
नेपामले बच्चाकाे छाला पगाल्दा
तिमी लोकतन्त्र भन्दै खित्का छाेडिरह्याै

बाेलियभिया र अर्जेन्टिना
कम्बोडिया र लाओस,
साेमालिया र लिथुआनिया
युगाण्डा र सिरियामा
जहाँ जहाँ पस्याे तिम्राे
क्रुर हिंस्रक पञ्जाहरु
मानवसंहारकाे इतिहास रच्याै

इरान-इराकमा तेल लुट्न जाँदा
तिमीले रगत भेल बगायाै
लाखाैं फिलिस्तिनीकाे त्यही रगतलाई
निर्लज्ज स्वतन्त्रताको डमरु फुक्याै

ताेराबाेराका स्वाधीन पहाडहरू
तिमीले कहिल्यै जितेनौ
जित्नेछैनाै उनकाे अजेय शक्तिलाई
विनासकारी युद्धको मुस्लाेभित्र
विकास र समृद्धिकाे सपना
ध्वस्त पार्न भने सफल भयौ

लिबिया र सिरिया
प्यालेटाइन र लेवनानमा
गरेर अनाहकमा नरसंहार
तिम्रो शान्तिको भाषण
मिसाइलको गर्जनमा डुबिरह्याे

प्यालेस्टिनीकाे उखेल्दै थातबास
गरेर लाखाैंकाे बर्बर हत्या
संयाेगले बँचेका बच्चाहरू
खेलिरहेछन् बदलाभावका बारुदसँग
तिमी आफ्नो बन्दुकलाई बेच्न
शान्ति र लाेकतन्त्रकाे पगरी गुथ्छाै

अहँ ! नरसंहारकाे तिम्रो कथा
यत्तिले कहाँ अन्त्य अन्त हुन्छ ?

क्युबामा थाेपरेकाे प्रतिबन्ध
भेनेजुएलामा
गरिएको लुटपाट र अपहरण
लादिएकाे आर्थिक नाकाबन्दी
चिलीमा मासेकाे कम्युनिस्टकाे प्राण
सबै श्रृङखला हेर्दा तिमीले
केही थान दास त फेला पार्याै
तर दुनियाँका आत्मालाई रुवाएर
देशकाे स्वाधीनता नराम्ररी कुल्च्याै

लाखाैं क्रान्ति याेद्धालाई गोली हान्यौ,
गरिबी र अभावमा रगतकाे हाेली खेल्याै
कम्युनिस्टलाई सिकार गरेर
व्यक्तिहत्या नै लोकतन्त्रको रक्षा भन्यौ

फेरि पनि सुन युद्ध पिपासुहरु

बमले कदापि विचार मर्दैन
गोलीका पर्राले चेतना दबाउँदैन
साम्राज्यले कालाे इतिहास लेख्छ
तर सुनाैले भविष्य निर्माण गर्न सक्दैन

जहाँ जहाँ तिमीले रगत बगायौ,
त्यहीँ त्यहीँ
लाखौंको प्रतिरोध उम्रिरह्याे

अमेरिका !
तिमी शक्ति होइन
तिमी दुनियाँकाे अधिकार
र स्वतन्त्रता विरुद्धको
श्वेत आतंककाे बङ्कर हाे

बुझ अमेरिकी दानवहरु
मानवता र अपनत्व
भयभन्दा निकै शक्तिशाली हुन्छ
स्वतन्त्रता र अधिकार जनताकाे
मिसाइल भन्दा लाखौं बलियो हुन्छ

एक दिन जरुर
विभेदकारी साम्राज्य ढल्छन्
र जनताको साँचाे आवाजले
गाैरवपूर्ण इतिहास बन्नेछ

काजगी साम्राज्यवाद अमर ठान्ला
तर मुक्तिकाे अचुक अस्त्र क्रान्ति
सर्वदा अपरिहार्य हुन्छ

किनकि तिमीले गरेकाे
नरसंहारकाे हरेक खरानीकाे थुप्राेमा
नव रक्तक्रान्तिकाे वीज हुुर्किएकाे हुन्छ

कागजी साम्राज्यवाद
आफूलाई अमर ठान्ला
तर मुक्तिकाे अचुक अस्त्र
मुक्ति वा मृत्युको क्रान्ति
सर्वदा अपरिहार्य हुन्छ

किनकि तिमीले गरेकाे
नरसंहारकाे हर खरानी थुप्राेमा
रक्तक्रान्तिकाे वीज हुुर्किएकाे हुन्छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation