नयाँ राहदानी प्रणाली सञ्चालनको तयारी पूरा, केही दिन सेवा प्रभावित हुने

२० असार, काठमाडौं

राहदानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभागले सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारीका लागि केही दिन राहदानी सेवा बन्द हुने जनाएको छ ।

विभागले दिएको जानकारी अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा यही असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि बन्द हुनेछ ।

त्यस्तै, राहदानी विभाग स्वयंले प्रदान गर्ने सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द हुने छ ।

नयाँ प्रणाली असार २२ गतेदेखि नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी विभागको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation