११ फागुन, प्युठान
प्युठानमा करिब ३ हप्ता अगाडि बेवारिसे अवस्थामा भेटिएकी शिशुको हेरचाह वा अभिभावकत्वका लागी सम्पर्क गर्न नगर्पालिकाले अपिल गरेको छ ।
प्युठान नगरपालिकाले एक सुचना जारी गर्दै जुम्रीमा वेवारिसे भेटिएकी नावालिकाको हेरचाह गर्न ईच्छुक ब्याक्तीले ७ दिनभित्र आवास्यक कागजपत्र सहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । प्युठान नगरपालिकाले उक्त शिशुको बुवाआमा हकदाबी गर्न १५ दिनको म्याद तोकेको थियो । १५ दिन सम्म हकदाबीका लागि कोहि नआएकोले मिति २०८०/११/०९ गते बसेको प्युठान नगरपालिकाको स्थानीय बाल अधिकार समितिको बैठकको निर्णय अनुसार यो सुचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारिले जानकारी दिए ।
उक्त शिशुलाई अहिले सम्म प्युठान अस्पतालले हेरचाह गर्दै आएको र शिशुको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको प्युठान अस्पतालका सुचना अधिकारी राजन घिमेरेले प्राणमञ्चलाई जानकारी दिए ।