विश्वकप लिग–२: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

१३ फागुन, काठमाडौं 

आईसीसी क्रिकेट विश्वकप लिग–२  मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ।

यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजाका साथ शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ।

नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको  थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार बेहोरेको हो।

यता, नेदरल्यान्ड्सले पनि जारी शृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ। नेदरल्यान्ड्सले नेपालसँग हार बेहोरे पनि दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो। तेस्रो खेलमा भने डच टिम नामिबियाविरुद्ध २४ रनले पराजित भएको थियो।

खेल नेपाली समय अनुसार साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सुरु हुनेछ।

पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया ६ अंकका  साथ लिग–२ तालिकाको शीर्ष स्थानमा छ। समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation