सुशील खनाल, बुटवल
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय माेडेलिङ प्रतिस्पर्धा (Lumbini Modeling Star- 2024) हुने भएको छ । नवप्रतिभालाई उजागर र प्राेत्साहन गर्ने उदेश्यले साे कार्यक्रमकाे आयाेजना गरिएको कार्यक्रमका प्रबन्धक निर्देशक साहिर केसीले बताए । कार्यक्रम आयोजक ( Sk styles creation) सँगै ( p production) को प्रस्तुतिमा हुने भएको हाे ।
प्रतिस्पर्धामा लुम्बिनी प्रदेशभित्र पर्ने १२ ओटा जिल्लाहरुमा रहेका हरेक युवायुवतीहरुको क्षमतालाई प्रस्फुटन गर्ने उदेश्यले साे प्रतियोगिता गर्न लागिएको हाे ।
उक्त कार्यक्रमको पहिलो चरणको अडिसन यही वैशाख १५ गते हुने र दोस्रो चरणको अडिसन यही वैशाख २९ हुने कार्यक्रमका निर्देशक प्रशान्त शाहले जानकारी दिए ।
कार्यक्रमका संयोजक गोकुल न्यौपानेका अनुसार विजेतालाई पुरस्कार स्वरुप ५० हजार नगद, १ लाख बराबरको म्यूजिक भिडियोसँगै प्रमाणपत्र, ट्रफी डिजाइनर ड्रेस प्रदान गरिने छ । प्रातिस्पर्धामा सहभागी हुन चाहनेहरुकाे लागि आवेदन फारम चैत्र १५ गते देखि खुल्ला भएको आयोजक समितिले दिएकाे छ । कार्यक्रमको सल्लाहकार यम रेग्मी रहेको आयोजक समितिले जनाएको छ ।