आगामी आवदेखि राससले २४सै घण्टा समाचार प्रवाह गर्छ : सञ्चारमन्त्री रेखा शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आव ०८१/८२ देखि राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा २४सै घण्टा सञ्चालन गरिने बताएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले तथ्यमा आधारित विश्वसनीय समाचार सेवा दिँदै आएको राससले आगामी आवदेखि २४सै घण्टा सेवा प्रवाह गर्ने जानकारी दिइन्।

मन्त्री शर्माले राससको २४ घण्टाको सेवाबाट आम सञ्चारमाध्यम र नागरिकले समयमै सत्य तथ्य र आधिकारिक समाचार पाउने विश्वास व्यक्त गरिन्।

उनले राससको २४ घण्टे सेवा सञ्चालन र मातृ भाषामा समाचार सम्प्रेषणका लागि सरकारले आवश्यक बजेट व्यवस्था गरेको बताइन्। राससले हाल विहान ६ बजेदेखि राति ११ बजेसम्म सेवा प्रवाह गर्दै आएको छ।

मन्त्री शर्माले राससको श्रव्यदृश्य सेवाको निरन्तरताका साथै मैथिली र नेवारी भाषामासमेत समाचार सेवा प्रवाह गर्न लागेको जानकारी दिइन। राससले यसअघि अवधि भाषामा समाचार सम्प्रेषण गर्दै आएको छ।

मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष पत्रकारिताको पक्षमा प्रतिबद्ध रहेको दावी गरिन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation