Pranmancha

Advertisment

SKIP THIS

कपुरकाेटले सञ्चालनमा ल्यायाे कृषि एम्बुलेन्स

२५ असार, सल्यान

कृषि उत्पादन वितरणलाई सहज बनाउन सल्यानको कपुरकोट गाउँपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषिजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका लागि एम्बुलेन्स सञ्चालन गरिएको बताइएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानको ५० प्रतिशत अनुदान र कृषि उपज बजार संचालक समिति कपुरकोटको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानका प्रमुख भिम पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार कार्यालयको ढुवानी साधनमा अनुदान कार्यक्रमअन्तर्गत १४ लाख ३ हजार ७ सय ५० र समितिको सोही बराबर रकम गरी २८ लाख सात हजार पाँच सय रुपैयाँमा खरिद गरी कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो।

कृषकको आयआर्जनमा वृद्धि गर्न कृषि क्षेत्रलाई व्यवस्थित गर्ने गरी गाउँमा विभिन्न कृषि कार्यक्रम समेत सञ्चालन गर्दै आएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए। कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको सहज निकासीका लागि पालिकाले पनि दुई वटा सानो गाडी खरिद गरेको र ती साना गाडीलाई पनि कृषि एम्बुलेन्सका रुपमा प्रयोग गरिने उनको भनाई छ।

कृषि उपज बजार संचालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले बजार संचालक समिति र कपुरकोट गाउँपालिकाले कार्यबिधि बनाएर यसलाई कार्यन्वयनमा ल्याउने बताए। उत्पादित बस्तु खरिदका लागि गाउँपालिकाले पनि पिकअप भ्यान खरिद गरिसकेका उनको भानाइ छ। बेमौसमी तरकारी उत्पादनलाई प्रख्यात मानिने कपुरकोटबाट वार्षिक २८ करोड भन्दा बढीको तरकारी निर्यात हुने गरेको छ। यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत तरकारी खेती नै हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation