मौसम: चार प्रदेशमा आज भारी वर्षा

देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी  प्रदेशका  थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।

राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation