भारतको स्टिल प्लान्टमा आगलागी, चार जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा मङ्गलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा कम्तीमा चार कामदारको मृत्यु भएको छ। आगलागीबाट एकजना घाइते भएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ।

घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल प्लान्टमा भएको हो।

स्टिल प्लान्टका प्रवक्ताले भने, “घटना उपकरणको विफलताको कारण भएको हो।”

“हामीले थाहा पाएका छौं कि प्लान्टको एक भागमा कोइला जलाउँदा अचानक आगो फैलियो। परिणामस्वरूप आगोले प्लान्टमा लिफ्टमा रहेका चार मजदुरको मृत्यु भयो,” सुरतका पुलिस आयुक्त अनुपम सिंह गहलोतले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation