कार्यालयमा जथाभावी रकम दावी गर्ने राप्ती दर्पणका सम्पादकले दिए राजीनामा

१८ माघ, दाङ

जथाभावी रकम र इन्धनकाे माग गर्दै लुम्बिनी प्रदेशका जिल्लामा बार्गेनिङ गरिरहेकाे भन्ने गुनासाे व्यापक मात्रामा आएपछि राप्ती दर्पण टिभिकाे विवाद सतहमा आएकाे छ । स्थानीय तह र सरकारी कार्यालयका प्रमुख एवम् जनप्रतिनिधिहरुसँग प्रक्रिया भन्दा बाहिर गएर कथित अन्तरवार्ताकाे नाममा ठुलाे रकम भुक्तानीकाे दावी गरिरहेकाे साे टेलिभिजनका समाचार प्रमुख ओम प्रकास गुप्ताले सञ्चार माध्यमले गरेकाे याे बेथितिले आफूलाई निकै मर्माहत बनाएकाे, टिभीमा लामाे समयदेखि काममा जाेडिएकाे भएपनि पारिश्रमिक र हैसियतबमाेजिमकाे काम नपाएको भन्दै साे टिभीकाे सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएका छन्

प्राणमञ्चसँग कुराकानी गर्दै ओमप्रकाश गुप्ता भने, “लिखित सहमति गरेर जिम्मेवार ताेकियाे तर साे बमाेजिमकाे काम र पारिश्रमिक दिने काम कत्ति पनि भएन । हुँदाहुँदा आफू जाेडिएकाे मिडियाका अधिकारीहरु मनपरी आर्थिक विषयमा जाेडिएपछि नैतिक रुपमा पनि मलाई जाेडिन गार्‍हो भएकाेले राजिनामा दिएकाे हुँ, आज मात्रै सञ्चालकज्युले पटकपटक फाेन हान्नुभएकाे छ तर मैले फाेन रिसिभ गरेकाे छैन ।”

शुक्रबार एक विज्ञप्ति जारी गर्दै गुप्ताले अबउप्रान्त आफू साे टिभीकाे कुनैपनि भूमिका र जिम्मेवारीमा नरहेकाे जानकारी गराएका हुन् । सुशासन र पारदर्शिताकाे विषयमा कलम चलाउँदै आवाज घनकाउने मिडिया जगतले कार्यालयहरुमा मनाेमानी आर्थिक डिलिङ गर्नुले समग्र पत्रकारीता जगतकाे विश्वस्नियता माथि प्रश्न चिन्ह खडा भएको सराेकारवालाहरुकाे गुनासाे छ ।
राप्ती दर्पण टिभी देउखुरी दाङबाट सञ्चालनमा रहेकाे स्थानीय टिभी हाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation