Pranmancha

Advertisment

SKIP THIS

पारा एथलेटिक्स टोली दुबई जाँदै

२३ माघ, काठमाडौं 

दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली दुबई जाने भएको छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रम गरी बिदाइ गरे।

फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा नवराज कार्कीले पुरुष चार सय मिटर र एक हजार पाँच सय मिटर दौडमा तथा विलिशा अर्यालले महिला एक सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्बेले महिला दुई सय/चार सय मिटर दौड र लङजम्पमा सहभागी हुने छन्।

यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने बताइएको छ। टिम व्यवस्थापकमा साङ्बु भोटे, प्रशिक्षकमा ओलम्पियन विमला रानामगर र अफिसियलमा गीतादेवी दाहाल छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation