यस्तो रहनेछ आजको मौस

पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली छ। तराईका केही भागमा हुस्सु लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ भने उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा  हल्का हिमपातको सम्भावना  छ।

त्यसैगरी, राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली  रहने छ भने उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपाततथा  बिहीबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation