आजको मौसम: पहाडी भू-भागमा वर्षाको सम्भावना

पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ। तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र  देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र देशका बाँकी पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनाछ।

सुदूरपश्चिम  र कर्णाली प्रदेशका केही तथा  देशका बाँकी पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation