काठमाडौंको टोखामा चल्यो गोली, एक जना पक्राउ !

काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार प्रहरीले तीन राउन्ड गोली चलाएको छ । एक राउन्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको छ । पक्राउ पर्नेमा गुड्डु पटेल रहेकाे अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले  जानकारी दिए ।

उनका अनुसार पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation