शिक्षक घनश्याम अस्तित्व चन्द्रप्रभा माविको सूचना अधिकारी नियुक्त

१८ फागुन, रोल्पा

चन्द्रप्रभा माध्यमिक विद्यालयको सूचना अधिकारीमा शिक्षक घनश्याम अस्तित्व नियुक्त भएका छन् ।

आज सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयका शिक्षक घनश्याम अस्तित्वलाई सूचना अधिकारीको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।

विद्यालयमा सञ्चालन हुने शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, शिक्षक–विद्यार्थी–अभिभावकबीचको समन्वय, तथा विद्यालय व्यवस्थापन समितिद्वारा सञ्चालित कार्यक्रमहरूको प्रभावकारी सूचना प्रवाह सुनिश्चित गर्न उनलाई यो जिम्मेवारी दिइएको हो।

दुई महिना अघि उनलाई अनौपचारिक रूपमा सूचना अधिकारीको जिम्मेवारी दिइए पनि, आजको बैठकले औपचारिक रूपमा अनुमोदन गर्दै उनलाई पूर्ण अधिकारसहित जिम्मेवारी प्रदान गरेको हो।

शिक्षक घनश्याम अस्तित्व केवल शिक्षण क्षेत्रमा मात्र सीमित नभई डेढ दशकदेखि नेपाली पत्रकारिता र साहित्य लेखनमा सक्रिय योगदान दिँदै आएका छन्। उनका लेख, विचार, समाचार, र साहित्यिक कृतिहरू विभिन्न पत्रपत्रिका, अनलाइन मिडिया तथा पुस्तकहरूमा प्रकाशित हुँदै आएका छन्। अस्तित्व प्राणमञ्च राष्ट्रिय मासिकका सम्पादक पनि हुन् ।

विद्यालयले आशा व्यक्त गरेको छ कि उनको नेतृत्वमा सूचना व्यवस्थापन, पारदर्शिता, र सम्पूर्ण सरोकारवालाबीचको समन्वय अझ प्रभावकारी हुनेछ।

विद्यालय व्यवस्थापन समितिले सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालालाई विद्यालयको आधिकारिक जानकारी तथा गतिविधिहरूका लागि सूचना अधिकारीसँग समन्वय गर्न आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation