जन्मदिनको अवसरमा पूर्व विद्यार्थी बिष्टद्वारा विद्यालयलाई आर्थिक सहयोग

२० फागुन, रोल्पा

रोल्पा, सुनिलस्मृति-३ – श्री चन्द्र प्रभा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवम् समाजसेवी आकाश विष्टले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई रु. १०,१०५/- आर्थिक सहयोग प्रदान गरेका छन्।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्टका अनुसार, संस्कारगत जागरण अभियान अन्तर्गत जन्मदिनको अवसरमा विद्यालयले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा उच्च व्यक्तिगत आर्थिक सहयोग हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्टले विष्टको यस योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै भन्नुभयो, “तपाईंको सहयोगले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत पुग्नेछ। समाजप्रति तपाईंको यस्तो समर्पणले अन्य व्यक्तिहरूलाई पनि प्रेरित गर्नेछ।”

विद्यालय परिवारले विष्टको सुस्वास्थ्य, दीर्घायु, र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेको छ। साथै, विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सहयोग र समर्थनको अपेक्षा गरेको छ, जसले विद्यालयको निरन्तर प्रगति सुनिश्चित गर्न मद्दत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation