
२३ वैशाख, दाङ
सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङले आफ्नो वार्षिक गतिविधिकाे संगालाे “सर्वाेदय” स्मारिका आज एक कार्यक्रमबिच विमाेचन गरेकाे छ । सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सर्वोदय पुस्तकालयको वार्षिक मुखपत्र ‘सर्वोदय’ अङ्क ४ को विमोचन गरिएको हाे ।
कार्यक्रममा बाेल्दै घाेराही उपमहानगर प्रमुख नरुलाल चाैधरीले पहिले प्रसस्त पाठक हुँदा पाठ्यसामग्री (पुस्तक)काे व्यापक अभाव भएको तर आजकाे समयमा प्रयाप्त पाठ्यपुस्तक भएकाे तर पाठकहरुकाे व्यापक अभाव रहेकाे अनुभूति सुनाए ।
उनले सर्बाेदय पुस्तकालय तथा वाचनालयले विगत लामाे समयदेखि पठन संस्कृतिकाे विकास, रचनात्मक बहस, छलफल र अन्य विभिन्न अन्तरक्रियाकाे क्षेत्रमा निकै ठुलाे याेगदान पुर्याएका प्रष्ट पार्दै पुस्तक, साहित्यकार, राजनीतिज्ञ, कलासाहित्य जस्ता विषयमा दैनिकजसो कार्यक्रम हुनु सुखद विषय भएको बताए । नगरप्रमुख एवम् साे कार्यक्रमका प्रमुख अतिथि नरुलालले पुस्तकालयकाे समग्र हित, संरक्षण र विकासमा नगरपालिकाकाे तर्फबाट उल्लेख्य मात्रामा सहयोग गरिरहेकाे र आगामी दिनमा पनि आफू हर प्रकारकाे याेगदान गर्न तयार रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बाेल्दै पञ्चायतकालिन सांसद एकराज शर्माले भाैतिक पूर्वाधारको प्रचुर विकास भएपनि वाैद्विक पूर्वाधार विकासकाे क्षेत्रमा आशातित प्रगति हुन नसकेकाे बताए । उनले अर्धज्ञानकाे कारणले धेरैजसाे मानिसमा दम्भ र अराजकता चुलिएकाे बताउँदै समाजमा वाैद्विक तप्काहरु चनाखाे भएर असल ज्ञानकाे प्रवाहमा लाग्नुपर्नेमा जाेड दिए ।
त्यस्तै साहित्यकार एवम् अग्रज पत्रकार नारायण शर्माले समाजमा केही भएको छैन भन्नु र सबैथाेक भएको छ भनेर जिकिर गर्नु दुबै तप्का अतिवादकाे सिकार भएको बताए । सर्वाेदयकाे विगतकाे इतिहास काेट्याउँदै शर्माले अहिले पुस्तकालय तथा वाचनालय दाङकाे हकमा ठुलाे वाैद्विक “हव” बन्दै गएकाेमा आफूलाई निकै खुसी लागेकाे बताए । दाङमा दैनिकजसो विभिन्न विधामा बाैद्विक विमर्शका कार्यक्रमहरु हुँदै आएका छन् ।
कार्यक्रममा लेखक तथा विश्लेषक सशीधर भण्डारी, साहित्यकार टिकाराम उदासी(पिएचडी), पुरुषाेत्तम खनाल आदिले आफ्नाे मन्तव्य राखेका थिए ।
वाैद्विक मञ्थनकाे ऐतिहासिक नगरी सर्वाेदय पुस्तकालयले जीवनका कठिन भन्दा कठिन उतारचढाव पार गर्दै अगाडि बढिरहेको र यसकाे समग्र विकासमा सराेकारवाला निकायका सबैले काँध मिलाएर अगाडि बढ्न जरुरी रहेकाे पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गाैतमले बताए । उनले पुस्तकालयमा माैजुदा सबैखाले पुस्तक एवम् डिजिटल लाइब्रेरीले अब केन्द्रीय पुस्तकालयकै हाराहारीमा पाठकहरुलाई सेपा दिन सकिएकाे बताए ।
उक्त कार्यक्रमको अवसरमा नियमित पाठकहरुमध्येबाट उत्कृष्ट पाठक छनौट गरि टीकाराम जि सी, गोविन्द शाही र मनकुमारी वि क लाई ‘उत्कृष्ट पाठक पुरस्कार २०८१’ प्रदान गरिएको थियो । पठन संस्कृतिकाे विकासलाई थप बढावा दिने उदेश्यले निजहरुलाई नगद रु २५०० (दुई हजार पाँच सय) सहित प्रमाणपत्र प्रदान गरिएको छ । साथै उक्त अवसरमा सर्वोदय पुस्तकालयका दुई दर्जन बढी आजिवन सदस्यहरुलाई आजिवन सदस्यता प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चाैधरी, विशिष्ट अतिथिहरु वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्मा, विगतमा सर्वोदय पुस्तकालय तथा वाचनालयको विकासमा योगदान पुर्याएका सामाजिक व्यक्तित्व एकराज शर्मा , पूर्वअध्यक्ष तथा सल्लाहकार पुरुषाेत्तम खनाल , पुस्तकालय कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु, पत्रकार, आजीवन सदस्यहरु लगायतकाे उपस्थिति रहेकाे थियोे । कार्यक्रमकाे सहजीकरण संस्थाकाे सचिव सुशीला आचार्यले गरेकि थिइन् । विमाेचन कार्यक्रमसँग उपस्थिति व्यक्तित्तहरुबिच नयाँ वर्ष २०८२ काे शुभकामना आदानप्रदान पनि गरिएको थियाे ।