रेबिज राेग विरुद्ध गंगा माविमा “विद्यालय शिक्षा” प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

२३ जेठ, दाङ

रेविज राेग नियन्त्रण सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम गंगा माध्यमिक विद्यालय रामपुर दाङमा सम्पन्न भएको छ ।

सन् २०३० सम्म रेबिजजन्य राेगबाट हुने मृत्युलाई शून्य बनाउने उदेश्य अनुरुप साे कार्यक्रम गरिएको घाेराही उपमहानगरपालिका पशु सेवा शाखा सहायक पशु विकास अधिकृत हिम प्रसाद शर्माले जानकारी दिएका छन् । कार्यक्रमले विद्यार्थी सहित समाजमा जागरण पैदा हुने विश्वास लिइएको शर्माले बताए ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (FAO), विश्व स्वास्थ्य सङ्गठन (WHO), विश्व पशु स्वास्थ्य सङ्ठन (WOAH) र रेविज नियन्त्रणका लागि विश्वव्यापी संङ्गठन (GARC) ले विश्वव्यापी रुपमा कुकुरको टोकाइबाट सर्ने रेविजबाट हुने मानव मृत्युलाई २०३० भित्र सुन्यमा झार्ने लक्ष्य लिएको छ । साे लक्ष्य प्राप्त गरी मानव जीवन रक्षा गर्ने उद्देश्य अनुरुप रेविज नियन्त्रणका लागि विभिन्न सचेतामूलक कार्यक्रमहरु जारी राखिएको घाेराही नगरले जनाएको छ ।

घाेराही उपमहानगरपालिका पशु सेवा शाखाकाे आयाेजनामा साे विद्यालयका कक्षा १० अध्ययनरत विद्यार्थीलाई साे तालिम प्रदान गरिएको हाे ।

यसप्रकारकाे प्रशिक्षणात्मक कार्यक्रमले एकैपटक व्यापक रुपमा समुदायमा सचेतनाकाे जागरुकता सम्प्रेषण हुने भएकोले विद्यालयमा कार्यक्रम गरिएको र कार्यक्रममा ७० बढी प्रशिक्षार्थी सहभागी प्रशिक्षक गाेविन्द सुवेदीले प्राणमञ्चसँग बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation