अबदेखि कक्षा १२ सम्म नारीकाेट मै पढ्न पाइने

  • गौमुखी गाउँपालिका ७ नारिकोट स्थिति अमृत जीवन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ देखि कक्षा ११ काे पठनपाठन हुने भएको छ । याे सँगै गाैमुखी गाउँपालिकामा गाैमुखी मा.वि ठुलावेसी पछिकाे कक्षा ११/ १२ सम्मकाे पठनपाठन हुने याे दाेस्राे विद्यालय भएको छ ।
    गाैमुखी गाउँपालिकाले शिक्षा क्षेत्रमा पछाडि परेका उत्तरी वेल्टका विद्यार्थीकाे उच्च शिक्षामा पहुँच वृद्धि गर्नका लागि विभिन्न कार्यक्रम अघि सारेकाे छ । गुणस्तरीय शिक्षण सिकाई र स्तर वृद्धिलाई विशेष जोड दिने स्थानीय सरकारकाे ध्यय रहेकाे तथा केन्द्र सरकारकाे पनि दस कक्षासम्म अध्यापन हुने विद्यालयहरुलाई क्रमशः १२ कक्षामा स्तरउन्नति गर्ने नीति बमाेजिम अमृत जीवन माविमा कक्षा ११ काे अध्यापन सुरु गर्न लागिएको गाैमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जानकारी दिए ।

त्यस्तै गौमुखी गाउँपालिकाले ठुलावेसीमा रहेकाे गाैमुखी माध्यमिक विद्यालयलाई क्याम्पस बनाउने प्रक्रिया पनि अगाडि बढिरहेकाे जनाएको छ ।

याे शैक्षिक सत्रमा (शिक्षाशास्त्र संकाय) मा बिद्यार्थी भर्ना सुरु हुँदैछ । विद्यालय स्तर वृद्धि सन्दर्भमा विद्यालय प्रशासन, राजनीति व्यक्ति  सहित सराेकारवाला निकायसँग महत्त्वपूर्ण छलफल एवम् अन्तरक्रिया गरेर अगाडि बढिरहेको विद्यालयका प्रधानाध्यापकले जानकारी दिए । याे वर्ष ११ मा भर्ना भएका विद्यार्थीले कक्षा १२ पनि साेहि विद्यालया पढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation