बिदाइ हुने शिक्षिकाले खडा गरिन् अक्षयकोष

१ असार, प्युठान 

शिक्षिका योगमाया पोरखेलले प्युठान नगपालिका -६ मा रहेको धर्मावती माद्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छिन् ।

सो विद्यालयमा अध्यापन गराइरहेकी शिक्षिका पोखरेलले उक्त विद्यालयबाट बिदाइ हुँदै गर्दा अभिभावक विहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने उद्देश्यले रु.१० हजारको अक्षयकोष स्थापना गरेको बताइन् ।

उनी यस विद्यालयबाट सरुवा भइ प्युठान नगरपालिका-८ मा रहेको जनविकास आधारभूत विद्यालय बाटुलेमा गएको विद्यालयका प्रधानाध्यापक पुष्पलाल पुन मगरले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation