उनपानी गाउँमा आगलागी, ८ घर जलेर नष्ट

सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा आगलागी भएको छ । आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

आगलागी बाट सर्केगाड गाउँपालिका-३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली फडेरा, ४३ वर्षका लाल कुवार फडेरा, ४४ वर्षका पाले फडेरा, ४३ वर्षकी आशा फडेरा, २९ वर्षका बिरजन फडेरा,  ४२ का धनबहादुर रावतको घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिए ।

हालसम्म मानवीय तथा पशु चौपाय क्षति नभएको र स्थानीयवासी र प्रहरीहको सहयोगमा आगो निभाउने काम भइरहेको डिएसपी पोखरेलले बताए ।

आगलागी हुदाँ ५ वटा घरको झ्याल र ढोका फुटाई सामान निकाली थप क्षति हुनबाट बचाइएको डिएसपी पोखरेलको भनाइ छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

आगलागी नियन्त्रणका लागि प्रहरी चौकी सर्केदेउबाट प्रहरी नायव निरीक्षक सुबिन शाहको कमाण्डमा टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation