नेपालमा सञ्चार क्षेत्र समावेशी बन्दै छ : सञ्चारमन्त्री

४ असार, काठमाडौँ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताएका छन्।

बुधवार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

उनले नेपाल दक्षिण एसियामा सार्वजनिक सेवा प्रशारण ऐन कार्यान्वयन गर्ने अग्रणी देशमध्ये रहेको दावी गरे।

उनले सार्वजनिक सेवा प्रशारण ऐन बन्ने क्रममा रहँदा नै गोरखापत्र दैनिकमा ४५ भाषामा अतिरिक्त समाचार सामग्री प्रकाशित भइरहेको बताए।

उनले रेडियो नेपालबाट २५ वटा नेपाली भाषामा समाचार प्रशारण भइरहेको र राष्ट्रिय समाचार समितिले मैथिली र नेपाल भाषामा समाचार समेटिसकेको जानकारी दिए।

उनले चाँडै तामाङ भाषामा पनि समाचार शुरु गर्ने बताउँदै नेपालमा बोलिने सबै भाषाको रासस बनाउने लक्ष्य रहेको जिकिर गरे।

मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाललाई पनि सबै भाषामा कार्यक्रम प्रसारण गर्ने दिशामा लैजाने योजना रहेको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation