
७ असार, प्युठान
प्युठानमा ६ महिनादेखि सम्पर्क बिहिन रहेका एक व्यक्ती मृत फेला परेका छन् ।
प्युठान नगरपालिका–८ निवासी मिट्ठु रुचालका जेठा छोरा प्रेम रुचालको शव ६ महिना पछि हिजो फेला परेको थियो। अहिले रुचालको शव जिल्ला अस्पताल प्युुठानमा रहेको सबघरमा राखिएको छ।
रुचाल २०८१ साल पौष १५ गतेदेखि बेपत्ता भएका थिए। बेपत्ताको लामो समयपछि, हिजो मात्र उनी मृत अवस्थामा फेला परेका हुन्। उनको शव प्युठान नगरपालिका–६ स्थित लम्छ्याङ्गको खर्क धनचौर सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ।