नेपाल विस्तारै दिगो भविष्यतर्फ अघि बढ्दैछ र यस परिवर्तनमा विद्युतीय सवारी (ईभी) हरूको ठूलो भूमिका छ।
यही परिवर्तनको अग्रपंक्तिमा रहेको नयाँ र आधुनिक ब्रान्ड होडीपल , जुन स्मार्ट र स्टाइलिस इलेक्ट्रिक कारको रूपमा आएको छ। आधुनिक डिजाइन , उच्च प्रदर्शन र उन्नत प्रविधिसँगै डीपल केवल एक सामान्य ईभी ब्रान्ड होइन , यो त नेपालको यातायात क्षेत्रकै उन्नतिको सिम्बोल बन्दैछ।
डीपल, चिनियाँ अटो कम्पनीचांगान अन्तर्गतको सब(ब्रान्ड हो। यसको मुख्य फोकस वातावरणमैत्री र दक्ष इन्टेलिजेन्ट इलेक्ट्रिक भेहिकल उत्पादनमा रहेको छ। नेपालमा डीपलको सुरुवातडीपल भ्ठ मोडेलबाट भएको हो , जुन स्टाइलिस डिजाइन , एकपटक चार्ज गरेपछि ५६६ किमीसम्म यात्रा गर्न सक्ने क्षमतार अत्याधुनिक विशेषताहरूको लागि परिचित छ।
यसमा फराकिलो क्याबिन , प्यानोरामिक सनरुफ , कस्टमाइजेबल एम्बीएन्ट लाइटिंग , भेन्टिलेटेड सिटहरू र डिजिटल ड्यासबोर्ड जस्ता फिचर छन् , जसले यात्रालाई अझ रमाइलो बनाउँछ।
डीपल गाडीहरूको प्रमुख आकर्षण भनेको यसकोस्मार्ट प्रविधिहो। यसमा टच स्क्रिन , भ्वाइस कन्ट्रोल , फेसियल रिकग्निसन मार्फत ड्राइभरको प्राथमिकता सेट गर्ने सुविधा , ३६० डिग्री क्यामेरा प्रणालीर अत्याधुनिक ड्राइभर असिस्ट प्रणाली (ब्म्ब्क्) छन्। यसबाहेक अटोमेटिक पार्किङ असिस्ट , ट्राफिक जाम असिस्ट र गाडी आफैं अपडेट हुने ओभर(द(एअर सफ्टवेर अपडेट प्रणाली पनि छ।
यसको अर्थ , गाडीले बाटोका अवरोध चिन्न सक्छ , ट्राफिक जाम अनुसार आफ्नो स्पीड मिलाउन सक्छर सर्भिस सेन्टरमा नगइकन पनि निरन्तर रुपमा आफ्नो पर्फर्मेन्स सुधार गर्न सक्छ।डीपलविशेषगरीस्टाइल , प्रविधि र आरामको उत्कृष्ट संयोजन चाहने नेपाली युवाहरूका लागि सहि विकल्प हो।
सुरक्षाको दृष्टिले पनि उच्च रेटिंग रहेको डीपलमा एडाप्टिभ क्रूज कन्ट्रोल , लेन किपिङ असिस्ट , कोलिजन रोक्ने प्रणाली , मल्टिपल एअरब्याग र शक्तिशाली इलेक्ट्रिक इन्जिन छ जसले विविधतायुक्त भूगोल भएको नेपालका सहरभित्र वा लामो यात्रा दुवैमा सुरक्षा दिन्छ।डीपल भ्ठ को अर्को संस्करणनेपालकै पहिलो एसयुभी पिकअप ट्रक पनि निकै लोकप्रिय हुँदैछ। यो गाडी केबल केही सेकेन्डमै एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन सक्छ , जसले यसलाई नियमित प्रयोगदेखि साहसिक यात्रासम्मको लागि यो बहुउपयोगी बनाउँछ।
डीपल लोकप्रिय हुने अर्को कारण इन्धनको महँगो मूल्यर वातावरण सम्बन्धी चासोपनि हो। अब मानिसहरू पेट्रोल(डिजेलको सट्टा सस्तो र सफा विकल्प खोज्न थालेका छन्। डीपल जस्ता विद्युतीय गाडीहरूलेपछिसम्मका लागि खर्च बचाउने र स्वच्छ वातावरणको अप्रोच प्रदान गर्दछन्। जलविद्युतले सम्पन्न नेपालको सन्दर्भमा , पेट्रोल भर्नुभन्दा कम लागतमा गाडी चार्ज गर्न सक्नु फाइदाजनक हुन्छ। फास्ट चर्जिंग प्रविधिले४० मिनेटमै ८०५ चार्जगर्न सकिने हुँदा डिपलले ईभी चलाउन अझ सजिलो बनाउँछ।
नेपालमा डीपलको आगमन सरकारको विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने लक्ष्यसँग मेल खान्छ। डीपल जस्ता सस्तो , सुलभ र स्मार्ट ईभीको विस्तारले प्रदूषण हटाउन र उर्जामा आत्मनिर्भर बन्ने यात्रामा नेपाललाई एक कदम अगाडि बढाउँछ।
डीपल केवल नयाँ कार ब्रान्ड मात्र होइन , यो नेपालको यातायात प्रणालीलाई स्मार्ट , सफा र दिगो बनाउने दिशातर्फको परिवर्तनको प्रतीक हो।आधुनिक प्रविधि , आकर्षक डिजाइन , बलियो प्रदर्शन , उच्च सुरक्षा र सरकार तथा जनताको साथका कारण डीपलले साँच्चिकै नेपालको ईभी विकासलाई स्मार्ट बनाइरहेको छ।