बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला

९ असार, धनगढी

धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी थिइन् ।

कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको डीएसपी सिंहले जानकारी दिए ।

घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation