आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

१० असार, काठमाडौं

मनसुनी वायुको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको पनि सम्भावना छ।

आज राति  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation