बाढीले बगाउँदा एकजनाको मृत्यु

१२ असार, काठमाडौं 

ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका- ६ ठूला दुर्लुङमा खोल्सामा आएको बाढीले बगागाउँदा एकजनाको मृत्यु भएको छ।

बुधबार साँझ ठूला दुर्लुङस्थित भर्‍याङ खोल्सामा आएको बाढीले बगाउँदा महाँकाल- ४ कालेश्वर घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो।

साँझ अन्दाजी साढे ७ बजेतिर आएको बाढीले बगाएर मृत्यु भएको महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईँले जानकाारी दिए। ‘हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर शव पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation