
१२ असार, प्युठान
नौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र विद्यार्थीलाई सम्मानसहित पुरस्कार वितरण गरेको छ ।
जस अन्तर्गत कक्षा -५ तर्फ प्रथम- मोतिप्रकाश प्रावी, द्वितीय- बुद्ध आवि र तृतीय- गंगा मावि भएको छ भने कक्षा ८ तर्फ प्रथम- ज्ञानज्योती आ. वि., द्वितीय- लुप्लुङ्ग मावि र तृतीय- बुद्ध आवि भएको छ ।
विद्यार्थी तर्फ कक्षा ५ को छात्र तर्फ लुप्लुङ माविका सिद्धान्त भण्डारी (३.७१ जिपिए) र छात्रा तर्फ गावै मावि की सिया के. सी. (३.७१ जिपिए) लिएर पालिकाभर उत्कृष्ट भएका छन्।
त्यस्तै कक्षा ८ को छात्र तर्फ गावै माविका संगम पुन (३.६१ जिपिए) र छात्र तर्फ गंगा मावि की छात्रा सोनिया के. सी. ३.७४ जिपिए) लिएर पालिकाभरमा उत्कृष्ट भएका छन् ।
उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिकाले नगद र सम्मान पत्र प्रदान गरेको छ ।
सोही कार्यक्रमका बिच पालिकाले उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत नौबहिनी गाउँपालिका-६ नं. वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत असहाय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।