एक युवाको विभत्स हत्या !

१३ असार, राजविराज 

सप्तरीको राजगढ गाउँपालिका–४ प्रिपाहीमा एक युवाको घाँटी रेटी हत्या भएको छ।

डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको बिहीबार बिहान ८ बजे शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेको निमित्त प्रहरी प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

मृतकको पहिचान गरी थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित टोली खटिएको छ। लगातार यस्ता घटनामा अपराधी पक्राउ नपर्दा सर्वसाधारण त्रसित भएका छन्।

यस विषमा अनुसन्धान तीव्र पारिएको सप्तरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation