प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी `ग्रेडेड´

१४ असार, प्युठान

यस वर्षको माद्यामिक शिक्षा परिक्षा (एसईई)मा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। शुक्रवार साझ सार्बजनिक भएको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ। गत वर्ष १२.२७ प्रतिशत नतिजा थियो। भने अघिल्लो वर्षको तुलनामा यो राम्रो नतिजा हो ।

गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ परीक्षा दिएका ३ हजार ४६९ जना, साधारण तर्फ ग्रेडवृद्धि १ हजार २३६ जना, प्राविधिक धार तर्फ १९६ जना, प्राविधिक धारतर्फ ग्रेडवृद्धि १९ जना २०७८-०७९ का २० जना ब्याज विद्यार्थी सहभागी थिए।

त्यस्तै लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

यस वर्ष देशैभरि एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना कक्षा ११ मा भर्नाका लागि योग्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation