आगामी वर्ष एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने उद्देश्य छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरूले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाएका हुन्।

शनिबारकाे प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो सुखद् कार्य रहेको बताए। यस्तो नतिजामा पनि केही मानिसहरूले अंक थपेर पास गराइयो भन्दै अपमान गरेको बताए।

नयाँ पुस्ताको मेहनतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै दुःख लागेको बताए । नेपाली विद्यार्थीमा मेहनत गरेर आफ्नो उचाई अघि बढाउनसक्ने खुबी रहेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘खुशीको कुरा हो । यस वर्षको एसईईको परीक्षाको नतिजा प्रकाशित भएको छ । एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले राम्रो नतिजा वृद्धि भएको छ । यस अवसरमा राम्रो नम्बरका साथ उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई भन्न चाहन्छु, उहाँहरूको सफलताको शुभकामना भन्न चाहन्छु । ४८ प्रतिशत भन्दा कमको अवस्थाबाट ६१.८१ प्रतिशतको नतिजा पुर्‍याउन मेहनत गर्ने विद्यार्थी भाई बहिनीलाई धन्यवाद भन्न चाहन्छु, राम्रो ध्यान दिएर विद्यार्थीलाई पढाउने शिक्षकलाई धन्यवाद भन्न चाहन्छु, उहाँहरूको मेहनत सफल भएको छ ।’

प्रधानमन्त्री ओलीले आगामी वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनेगरी सरकारले आफ्नो योजनाअनुसार अघि बढाउने बताए। विद्यार्थी फेल नहुने परिस्थिति निर्माण गर्नुपर्ने पनि उनले बताताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation