मोरङमा पाँच वर्षीया बालिकाको हत्या !

१४ असार, मोरङ
मोरङको धनपालथानमा ओछयानबाट हराएकी पाँच वर्षीया बालिकाको रहस्यमय हत्या भएको छ।

धनपालथान गाउँपालिका–६ बबियाविर्ता निवासी  अक्षय सरदारकी पाँच वर्षीया छोरी आत्तिका सरदारको रहस्यमय हत्या भएको हो। अभिभावकसँगै सुतिरहेकी नाबालिका शनिबार बिहानका ३ बजेतिर बेपत्ता भएकि थिइन् ।

बालिकाको शव घरबाट करिब सय मिटर पर दुर्गा आधारभूत विद्यालयको बाहिर बाटोको छेउमा विभित्स अवस्थामा फेला परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडाडलले बताइन्।

प्रहरीका अनुसार ती बालिका शुक्रबार आमाबुवासँगै घरमा सुतेकी थिइन्त, तर शनिबार बिहान उनी ओछ्यानमा नभेटिएपछि आमाबुबाले नजिकै रहेको प्रहरी चौकीमा खबर गरेका थिए। खोजी गर्ने क्रममा प्रहरीले बालिकाको शव अनुहार, घाँटी र शरीरका विभिन्न भागमा  चोट भएको अवस्थामा  फेला पारेको थियो ।

घटना रहस्यमय भएकाले इलाका प्रहरी रंगेलीले थप अनुसन्धान गरिरहेको बताएको छ। बालिकाको शव मेडिकल परिक्षणकालागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation