१६ असार, काठमाडौं
नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् ।
उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म त्यो विषय पुष्टि भएको भन्दै खेद व्यक्त गरिन् ।
‘बिहानै सुनेँ विधेयक टर्दै छ रे ! बिहान सुनेको कुरा सत्य लाग्दा दु:ख लागेको छ,’ उनले भनिन्, ‘सयका सय हुन सक्दैन ।’
उनले स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुपर्ने भए पनि गर्न आग्रह गरिन् ।