
१७ असार, दाङ
विपन्न, लक्षित वर्ग र जेहेन्दार विद्यार्थीलाई ५० प्रतिशत सम्म शुल्कमा छुट दिइने ग्रेट अरनिको माविले बताएको छ । नयाँ भर्नाकाे विशेष सन्दर्भमा प्राणमञ्चसँग कुराकानी गर्दै विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद देवकोटा ले न्यूनतम शुल्कमै गुणस्तरीय शिक्षा प्रत्याभूत गर्न सफल ग्रेट अरनिको माध्यमिक विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना खुलाइएको जानकारी दिए । शैक्षिक सत्र २०८२/८३ का लागि विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन समूहमा सीमित सिटका लागि भर्ना खुलाइएको विद्यालय प्रशासनले जनाएको छ ।
विशेषतः लक्षित वर्ग, द्वन्द्वपीडित तथा जेहेन्दार विद्यार्थीकाे लागि ५० प्रतिशत सहुलियतपूर्ण छात्रवृत्ति उपलब्ध गराइने विद्यालयका प्रोग्राम डाइरेक्टर नारायण भट्टराईले जानकारी दिए ।
२८ वर्षको शैक्षिक अनुभव र विद्यार्थीकाे सफलताको सारथी बनेकाे माध्यमिक विद्यालयले न्यूनतम शुल्कमै पनि उत्कृष्ट शिक्षा दिन सकिन्छ भन्ने कुराको उदाहरण प्रस्तुत गर्दै आएको छ ।
तुलसीपुर नगर क्षेत्रसँगै पश्चिम दाङ, पूर्वी बाँके, सल्यान, रोल्पा, रुकुम, जाजरकोट लगायत राप्ती तथा कर्णाली प्रदेशका विभिन्न स्थानबाट विद्यार्थीहरू यस विद्यालयमा अध्ययन गर्न आउने गरेका छन् । विद्यार्थीमैत्री वातावरण, अनुभवी शिक्षकहरूको समर्पण, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता र अनुशासित पठनपाठन विधिका कारण विद्यालय आम विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ बनेकाे प्रधानाध्यापकले बताए ।
कक्षा ११/१२ मा बिज्ञान समूहअन्तर्गत आधुनिक प्रयोगात्मक पद्धतिमा आधारित शिक्षण विधि अपनाइएको छ । व्यवस्थापन संकायमा कम्प्युटर साइन्स, फाइनान्स, होटल म्यानेजमेन्ट, बिजनेस स्टडिज लगायतका विषयहरू अध्यापन गरिन्छ भने कानुन, मानविकी र शिक्षामा समेत विद्यार्थीले आफुलाई मनपर्ने विषय छान्ने स्वतन्त्रता पाउँछन् ।
यस विद्यालयकाे एसईई र कक्षा १२ दुबै तहमा विद्यालयको शैक्षिक उपलब्धि राम्रो मानिएकाे देखिन्छ । साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिका अवसरहरू दिइँदै आएको विद्यालयले जनाएको छ । अतिरिक्त क्रियाकलाप र खेलकुदका क्षेत्रमा पनि विद्यालयले अव्वल प्रदर्शन गर्दै आएको छ भने विद्यार्थीको रुचि र आवश्यकता अनुसार नेपाली तथा अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन हुने गर्दछ ।