यो सरकारबाट सुशासन र स्थायित्व खोज्नु मूर्खता हो : शक्ति बस्नेत

२८ असार, काठमाडौँ 

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद शक्ति बस्नेतले सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु मूर्खता हुने बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले आफूहरू सुशासन कायम गर्न, राजनीतिक स्थायित्व दिन बनेको भने पनि त्यो अहिलेसम्म पुष्टि हुन नसकेको बताए।

संविधान संशोधन, राजनीतिक स्थिरताको अपेक्षा यो सरकारबाट गर्नु मूर्खता हुने तर्क गरे। अनियमितता ढाकछोप गर्नका लागि सरकार बनेको बताए।

सांसद बस्नेतले भने, ‘यो सरकार सुशासन कायम गर्न बनेको होइन। आर्थिक विकास‚ संविधान संशोधन, राजनीतिक स्थिरता कायम गर्ने विषयहरू थिए। यी विषयमा सरकारबाट अपेक्षा गर्नु मूर्खता भइसक्यो।’

बस्नेतले सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation