बिचौलियाको काम नगरेपछि घुस खायो भनेर अडिओ बनाइयो : भूमिमन्त्री बलराम अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बिचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभिष्ट पूरा गर्न चरित्र हत्या गरिएको जिकिर गरेका छन्।

उनले पोखराको सुजन लामाले कर्मचारीको सरुवा रोक्नका लागि मन्त्रालय आए पनि आफूले अस्वीकार गरेको उल्लेख गरे।

उनले पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यका लागि घुस लिएकोबारे सार्वजनिक अडिओ आफूसँग सम्बन्धित नभएको स्पष्टिकरण पनि दिए।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अधिकारीले सार्वजनिक अडियोमा बोल्ने मान्छेहरु आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको जिकिर गरे। उनले कर्मचारी सरुवा र जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्यमा आफूले कुनै पनि घुस नलिएको जिकिर गरे।

उनले भने,  ‘मन्त्रालय र मसँग जोडिएर आएको अडियो सार्वजनिक भएको छ। उक्त अडियोमा बोल्ने व्यक्तिहरू मेरो सरोकारवाला छैनन्। सञ्चारमाध्यमले यसबारे गम्भीर भइदिनुहोला। जग्गाजमिन र सरुवाको विषयमा उजुरी आएको सम्बन्धमा तत्काल हुन्छ नभए नियमित तरिकाले जान्छ। मन्त्रीले भ्रष्टाचार गरेर खायो भनेर आएको छ। मेरो छोराको नाम पनि छ। त्यहाँ मेरो चरित्र हत्या गर्न गरेको कुप्रयास हो। मैले भनेको नमानेपछि आफ्नो अभिष्ट पूरा गर्नका लागि मेरो र मेरो परिवारको चरित्र हत्या गर्ने प्रयास गरिएको छ।’

मन्त्री अधिकारीमाथि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग घुस लिएको दावीसहितको अडियो सार्वजनिक भएको थियो।

मन्त्री अधिकारीले छोरामार्फत ३२ लाखरुपैयाँ लिएको दावी गरिएको छ भने मन्त्री गुप्ताले ३५ लाख लिएको सुनिन्छ। यसअघि तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समेत मन्त्री अधिकारीको नाम पोलेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation