
२ साउन, सुर्खेत
नेत्रविक्रम चन्द ‘विप्लव’ निकट पत्रकारहरूले मिडिया हाउस खोलेर नक्कली नेपाली नोट छाप्ने र लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । सुर्खेत प्रहरीले मंगलबार मिडिया हाउसको कार्यालयबाटै विप्लव निकट पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो ।
नेपालजंजमा रहेको जनगर्जन नेटवर्क प्रा.लि. को कार्यालयबाट नक्कली नोट र मेसिन र लागुऔषधसहित विप्लव निकट पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो । जनगर्जन नेटवर्क प्रा.लि.द्वारा ‘जनगर्जन डटकम’ नामक अनलाइन पोर्टल संचालनमा छ ।
उक्त अनलाइनको कार्यालय शिवराज नगरपालिका–९ कपिलबस्तु लेखिएको छ । तर, नेपालगंजमा कार्यालय संचालन गरेर नक्कली नोट छाप्ने र लागुऔषधको गोदाम बनाएको खुलेको रहस्य खुलेको छ । उक्त अनलाइनका मालिक तथा अध्यक्ष मनबहादुर सहकारी हुन् ।
नक्कली नोट र लागुऔषध कारोबारको मुख्य योजनाकार मनबहादुर नै हुन सक्ने नेकपाकै नेताहरुले आशंका गर्छन् । मनबहादुरको महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर बिक, चिरन पुनलगायतका नेताहरुसँग राम्रो सम्बन्ध रहेको बुझिएको छ । प्रहरीले मनबहादुरको टीमबाट १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा अफिम र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण सार्वजनिक गरिसकेको छ ।
उनी विप्लवको सचिवालयमा रहेका अडिग बोगटी र युवा नेता कुशाल बोगटीका आफन्त पर्छन् । कार्यकर्ताबाट पत्रकारितामा आएका विप्लवका पत्रकारले नेकपामाथिको प्रतिबन्धको बेलामा पनि बाँके–बर्दियालगायतका स्थानीय तहमा सेनालाई हतियार किन्ने भन्दै मोटो रकमको बिल पेश गर्दै आएको चर्चा हुने गरेको थियो ।
कालिकोटबाट विप्लव पार्टीका केन्द्रीय कार्यालय रहेको कपिलबस्तु बसाईसराई गरेका सहकारीले जिल्लामा विवादित विषय उठाएर रकम असुल गरिरहेको आरोप पार्टीका एक नेताले बताए । ‘उहाँहरुको धन्दा नै पहिलेबाटै शंकास्पद थियो । पत्रकारिताको बहानामा नेताहरुसँग राम्रो सम्बन्ध बनाएका थिए, हामीलाई टेरपुच्छर नै लगाउदैन थिए’ विप्लव नेकपाका एक नेताले रातोमसीसँग भने ।
सुर्खेतमा नक्कली नोट फेला परेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले जाजरकोट कुशे गाउँपालिका—५, की २२ वर्षीय दिलमाया सिंह ठकुरी, सोही ठाउँका ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका—७, समकोट घर भई हाल भेरीगंगा नगरपालिका—१२, ठकुरी टोलस्थित डेरामा बस्दै आएका ३५ वर्षीय कृष्णबहादुर वली, सोही ठाउँका ३८ वर्षीय प्रेमबहादुर विक र कालिकोटको नरहरीनाथ गाउँपालिका—४, घर भएका ३४ वर्षीय मनबहादुर सहकारीलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।
नक्कली नोट र लागुऔषध कारोबारको मुख्य योजनाकार मनबहादुर नै हुन सक्ने नेकपाकै नेताहरुले आशंका गर्छन् । मनबहादुरको महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर बिक, चिरन पुनलगायतका नेताहरुसँग राम्रो सम्बन्ध रहेको बुझिएको छ । प्रहरीले मनबहादुरको टीमबाट १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा अफिम र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण सार्वजनिक गरिसकेको छ ।
मनबहादुरको स्वीकारोक्ति
प्रहरीका अनुसार घटनाका मुख्या पात्र मानबहादुरले नक्कली नोट छाप्ने र लागुऔषधको कारोबार गरेको स्वीकार गरिसकेका छन् । उनले जनगर्जनको कार्यालयभित्रै नक्कली नोट छाप्ने गरेको स्वीकार गरेका छन् । अनुसन्धानको क्रममा मनबहादुर प्रहरीसँग भने, ‘हतारमा हुने अफिमको कारोबारमा नक्कली नोट सजिलै भिडाउन सकिन्छ भन्ने सोचेर मैले नै छापेको हुँ ।’
प्रहरीका अनुसार मानबहादुरले कुल १५ लाख रुपैयाँ बराबरको नक्कली नोट छापेका थिए, जसमध्ये २ लाख रुपैयाँ उनले लागुऔषध कारोबारकै क्रममा बजारमा पठाइसकेका छन् । शेरबहादुर बिक अध्यक्ष रहेका विप्लवको जनपत्रकार संगठनका मनबहादुर सहका केन्द्रीय सदस्य हुन् ।
नक्कली नोट छाप्न मनबहादुर उच्चस्तरका उपकरण प्रयोग गरेको प्रहरीको भनाई छ । जनगर्जनको कार्यालयबाट प्रहरीले नोट छाप्न प्रयोग भएको कम्प्युटर, सीपीयु र प्रिन्टरसमेत बरामद गरि सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मानबहादुरले कुल १५ लाख रुपैयाँ बराबरको नक्कली नोट छापेका थिए, जसमध्ये २ लाख रुपैयाँ उनले लागुऔषध कारोबारकै क्रममा बजारमा पठाइसकेका छन् । शेरबहादुर बिक अध्यक्ष रहेका विप्लवको जनपत्रकार संगठनका मनबहादुर सहका केन्द्रीय सदस्य हुन् ।
कार्यालयभित्रै नक्कली नोट छाप्ने र लागुऔषधको गोदाम बनाउने धन्दा मनबहादुर एकल नभएर संगठित गिरोह हुन सक्ने आशंका गरिएको छ । केही दिनअघि मात्रै प्रवक्ता खड्गबहादुर बिक जनगर्जनको कार्यालयमा समेत पुगेको स्रोतले बतायो ।
विप्लवको पार्टीका तत्कालिन उपत्यका इन्चार्ज चिरन पुनको अगुवाईमा जनगर्जन डटकम सुरु गरिएको थियो । चिरन पुनले त्यसको जिम्मा कुशल बोगटीलाई दिएका थिए । पछि बोगटीले मनबहादुरलाई जिम्मा लगाएका थिए ।