महेश बर्तौला भन्छन् : `नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वमा उदाहरणीय भएको छ´

४ साउन, काठमाडौँ 

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका छन्।

आइतवार कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सशस्त्र द्वन्द्व अन्त्यपछि शान्ति प्रक्रिया अघि बढाउन राजनीतिक दलहरूको साझा पहल र सहमतिले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

उनले टिआरसी विधेयक पास भइसकेको उल्लेख गर्दै त्यसले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्ने कुराको सुनिश्चितता गरेको पनि बताए।

बर्तौलाले भने, ‘नेपालको द्वन्द्व व्यवस्थापन गर्न र शान्ति प्रक्रियाले हजारौं द्वन्द्वपीडितलाई न्यायको सुनिश्चितता गरेको छ। पीडकलाई कानूनी दायरामा ल्याउने सुनिश्चितता गरेको छ। हामीले गरेको कामको विषय प्रतिवेदनमार्फत विश्वमञ्चमा लैजानुपर्छ।’

नेपालले शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढाएको अनुभवलाई अन्ताराष्ट्रिय समुदायमा प्रस्तुत गर्नुपर्ने उनको मत छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation