सडक क्षेत्राधिकारभित्रको संरचना हटाउन नगरपालिकाले दियो म्याद 

७ साउन, प्युठान 

प्युठानको, प्युठान नगरपालिकाले बेलुवा देखि बाग्दुलासम्म सडकको क्षेत्राधिकार भित्र पर्ने निजि संंरचना हटाउन म्याद दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्राधिकारभित्र पर्ने घर–टहरा लगायतका संरचना हटाउनलाई ३५ दिनको म्याद दिएको छ ।

भालुबाङ – प्युठान सडकमा पर्ने बेलुवा देखि बग्दुलासम्मको  सडकको केन्द्र विन्दु (Center Line) बाट दायाँ तर्फ ७.५ मिटर, वायाँ तर्फ ७.५ मिटर गरी १५ मिटर सडक स्तोरन्नती कार्य तत्काल गरिने भएकोले सडकको क्षेत्राधिकारभित्र पर्ने सम्पुर्ण संंरचना ३५ दिन भित्र हटाउन नगरपालिकाले सुचनामा उल्लेख गरेको छ ।

उक्त सुचनामा भनिएको छ, प्रस्तुत विषयमा आ.व. २०८२/०८३ को सडक डिभिजन कार्यालय प्यूठान, संघिय सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङ र प्यूठान नगरपालिकाको संघिय सम्पुरक अनुदान तर्फको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम भालुबाङ-प्यूठान सडकको प्यू.न.पा. १ बेलुवा देखी प्यू.न.पा. ८ बाग्दुला चेनेज ५०००० कि.मी. देखी ५८+००० कि.मी. सम्म हाल कायम रहेको सडकको केन्द्र विन्दु Center Line बाट दायाँ तर्फ ७.५ मिटर, वायाँ तर्फ ७.५ मिटर गरी जम्मा १५ मिटर सडक स्तोरन्नती कार्य तत्काल गरिने भएकोले सडक ऐन २०३१ बमोजिम सडकको क्षेत्राधिकार भित्र पर्ने उक्त क्षेत्रभित्र रहेका पक्की संरचनाहरु, कच्ची संरचनाहरु तथा सडक आसपासमा रहेका निजी सामाग्रीहरु ३५ दिन भित्र हटाउन सम्बन्धित सरोकारवाला हरुलाई यो सूचना प्रकाशित गरीएको छ। तोकियको समयमा नहटाएमा कानुन बमोजिम हुने व्यहोरा समेत जानकारी गराईन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation