शोभारामको उपन्यास ‘अटेलिस जोइ’ विमोचन

१० साउन, दाङ

लेखक शोभाराम ओलीको नविनतम् कृति `अटेलिस जोइ´ शनिबार दाङको घोराहीमा विमोचन गरिएको छ ।

बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त उपन्यासको विमोचन शनिबार घोराहीमा रहेको सर्वोदय पुस्तकालयमा गरिएको प्रकाशन गृहले जनाएको छ ।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटाले सो समारोहमा बोल्दै पुस्तकका लेखकले निकै मेहनत गरेको बताए ।
‘परदेशमा बसेर नेपाली साहित्यको चिन्ता गर्नु आफैमा महान कर्म हो । `अटेलिस जोइ´ वास्तवमा राम्रो उपन्यास बनेको छ ।’ देवकोटाले भने ।

त्यस्तै समीक्षक सुनिल पोखरेलले पुस्तकको समग्र पक्षबारे प्रकाश पारे । उनको भनाई थियो, ‘उपन्यासमा रोल्पाका गाउँबेसी छन् । त्यहाँका पाखा पखेरुका कुरा छन् । अन्तरजातीय प्रेम कथा छ । द्वन्द्वका चित्र देखि मरुभूमिका व्यथासम्म उपन्यासमा समाविष्ट गरिएको छ ।’
साहित्य र समाजसेवामा उत्तिकै सक्रिय लेखक शोभाराम ओलीको अटेलस जोइ छैठौँ पुस्तक रहेको प्रकाशक सूर्य बिसी बताए ।
सूर्य बिसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण मनिषा गिरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation