नेकपा (बहुमत)का दुई नेता पार्टीबाट निष्कासित

 

१५ साउन, काठमाडौं

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

पोलिटव्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन)ले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

विज्ञप्तिमा उनीहरुले पार्टीभित्र चरम गुटबन्दी गरेको र पार्टी विरोधी गतिविधि गरेकाले कारबाही गरेको बेहोरा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation