भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्

 

 

७ भदौं, काठमाडौं

समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपती भो थि आन सुआन नेपाल भ्रमणमा आएकी छिन् ।

तीनदिने औपचारिक भ्रमणका लागि शनिबार उनी काठमाडौं आइपुगेकी हुन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणालगायत नेपाली अधिकारीहरुले स्वागत गरेका छन् ।

भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भरमण हो । उपराष्ट्रपति सुआनले ९ गते स्वदेश फर्किनेछिन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation