चन्द्रप्रभा माविको प्रधानाध्यापकको जिम्मेवारीमा ओमप्रकाश बिष्ट

 

२ असोज, रोल्पा, मिझिङ

श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङ, रोल्पाको प्रधानाध्यापकको जिम्मेवारी शिक्षक ओमप्रकाश बिष्टले पाएका छन्।

शिक्षा नियमावली, २०५९ को नियम ९३ बमोजिमको प्रक्रिया पूरा गरी शिक्षा विकास तथा समन्वय इकाइ, लिबाङ, रोल्पाबाट नियुक्तिपत्र प्राप्त गर्दै विद्यालयमा स्थायी रूपमा माध्यमिक तह तृतीय श्रेणी अङ्ग्रेजी विषयका शिक्षक समेत रहनुभएका ओमप्रकाश बिष्ट विद्यालयको नयाँ प्रधानाध्यापकका रूपमा जिम्मेवारी पाएका हुन्।

नवनियुक्त प्रधानाध्यापक बिष्टले स्टाफहरूद्वारा बधाई ग्रहण गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक व्यवस्थापनमा पारदर्शिता र विद्यार्थीलाई अनुशासित तथा गुणस्तरीय शिक्षा दिन आफू समर्पित रहने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयलाई आधुनिक शैक्षिक प्रविधिसँग सुसज्जित बनाउँदै उत्कृष्ट शिक्षण वातावरण सिर्जना गर्ने लक्ष्य राखेको बताए।

विद्यालय परिवार, विद्यार्थी, तथा शिक्षक स्टाफले बिष्टको नियुक्तिलाई स्वागत गर्दै विद्यालयको प्राज्ञिक नेतृत्व सुदृढ हुने र शिक्षामा नयाँ आयाम थपिने विश्वास प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation