यी स्थानमा आज भारी वर्षाको सम्भावना

१७ असोज, काठमाडौँ

काठमाडौँ हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव छ। शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराइका केही र मधेश प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनीको तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति पनि देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, गण्डकी र लुम्बिनीका पहाडी र तराई भूभाग र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation