बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित

१९ असोज, विराटनगर

निरन्तरको वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ । शिवसत्ताक्षी नगरपालिका र झापा गाउँपालिकामा बाढीले चार सय बढी विस्थापित भएका छन् ।

काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ र सुकुना खोलामा आएको बाढीले सिवसत्ताक्षी नगरपालिका–१० खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीले  यातायातका साधनका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

त्यस्तै झापा गाउँपालिका–२ सुगाबथान भन्ने स्थानमा बाढी पस्दा ५६ परिवार विस्थापित भएका छन् ।

माई खोलामा आएको बाढी शिवसत्ताक्षी नगरपालिका ४, ५, ६ र ७ नम्बर वडाका करिब ३५० घरमा बाढी पसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation