आज कोजाग्रत पूर्णिमा !

आश्विन शुक्ल पूर्णिमा अर्थात् सोमबार कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ। यद्यपि सोमबार चतुर्दशी तिथि १३ घडी ३५ पला अर्थात्  ११ बजेर २५ सम्म छ। त्यसपछि पूर्णिमा तिथि छ।

सोमबार साँझमै पूर्णचन्द्र देखिने भएकाले कोजाग्रत पूर्णिमा सोमबार नै मनाउन निर्देश गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए। मंगलबार बिहान ९ बजेर ३५ मिनेटसम्म पूर्णिमा तिथि छ। यसैगरी विजयादशमीका दिन शुरु भएको टीका जमरा लगाउने क्रम पनि सोमबार सम्पन्न हुँदैछ।

विजयादशमीदेखि चतुर्दशीसम्म पनि टीका लगाउन नभ्याएकाहरूलाई पूर्णिमाका दिन बिहान टीका लगाउने र जमरा तथा दशैँका पूजासामग्री विसर्जन चलन छ।आश्विन शुक्ल प्रतिपदाका दिन दशैँघरमा छरिएको जौको अङ्कुर (जमरा) कोजाग्रत पूर्णिमाका दिन बिहान विसर्जन गर्छन्।

कोजाग्रत पूर्णिमाको साँझ समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने विधान पुराणहरूमा पाइन्छ। यो दिन रातभरि जाग्राम बसी लक्ष्मीको आराधना गर्नाले समृद्धि प्राप्त हुने मान्यता रहेको धर्मसभा नेपालका अध्यक्ष डा. माधव भट्टराईले बताए।

भगवान् श्रीकृष्णले शरद पूर्णिमाको दिनदेखि रासलीला गरेको पुराणमा उल्लेख छ। वर्षको एक पटक यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुने बताइन्छ।

कोजाग्रत पूर्णिमाका दिन नेपालका राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा शक्तिपीठ दर्शन गर्ने परम्परा छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation