चुनावी सरकारका सकृयमन्त्री कुलमानकाे राजीनामा

  1.  पौष २३ बुधबार

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन्।

बुधबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान  गरेकोमा बधाई र धन्यवाद दिएकी छिन्।

‘निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठुलो गुन लगाउने गरी काम गर्नुभएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘रातदिन नभनी खट्नुभयो। देशका विभिन्न भागमा पुग्नुभयो। विपद्का वेला उस्तै सक्रिय रहनुभयो। विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो। हाम्रो विकास निर्माणका बेथितिहरूविरुद्ध कठोर कदम चाल्नुभयो। यो कुरा देशले सम्झनेछ। जनताले मूल्यांकन गर्नुहुनेछ।’

उनले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरूप खादा पहिराइदिँदै भनिन्, ‘तपाईँ आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनुभएको होइन। हामीले नै निम्त्याएका हौँ। अझ जेन-जी युवाले तपाईँको माग गरेका हुन्। चुनाव लागेपछि राजनीतिमा जान छुट पाउने गरी नै तपाईँलाई हामीले भित्र्याएका हौँ। कुनै सुविधा पनि नलिएर तपाईँले निःस्वार्थ सेवा गर्नुभयो। आउँदा दिनमा अझै देशको निम्ति अझै ठुलो काम गर्न सक्नुहुनेछ। यसका निम्ति म बधाई अहिले नै दिन चाहन्छु।’

मन्त्री घिसिङले पनि यो अन्तरिम कालमा काम गर्ने अवसर प्रदान गर्नुभएकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गरेका छन्।

मन्त्री घिसिङले आजै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामाबारे विस्तृत बताउन लागेका छन्। राजनीतिमा सक्रिय हुन उनले राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation